
कुन पार्टीले कति सिट ल्यायो भन्ने विषयमा लोकतान्त्रिक व्यवस्था र अङ्कगणितको खेलमा धेरै महत्त्व राख्ने उनको भनाइ थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री तथा जनमत पार्टीका नेता चन्द्रकेश गुप्ताले गलत कामको समर्थन गर्न सरकारमा नगएको स्पष्ट पार्दे सरकारमा रहँदासम्म राम्रा काम गर्ने बताए । कार्यक्रममा पार्टीका केन्द्रीय सचिव भूपेन्द्र प्रसाद यादव, लुम्बिनी प्रदेश इन्चार्ज राजेन्द्र गुप्ता, लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री सुमन शर्मा रायमाझी, प्रदेश सभा सदस्य गीता गुरुङ लगायतको सहभागिता थियो ।