काठमाडौं ६ जेठ, । काठमाडौँमा शुक्रबार साँझ ठुलो हावाहुरी चलेको छ । हावाहुरी चलेपछि सडकमा गुडिरहेका सवारी साधनहरु प्रभावित थिए । केहीबेरको हावाहुरीपछि पानी पर्न थालेको छ । हाल नेपालमा स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेको छ। जसका कारण मौसम प्रतिकुल बनेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरुको थोरै स्थानहरुमा मेघ गर्जन र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
ADVERTISEMENT