काठमाडौँ । बाँकेस्थित सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत नारायण पार्धे विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनले काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग ७ हजार घुस/रिसवत लिएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार पार्धेले काठ चिरानको सिफारिस गर्न घुस मागेका थिए । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगोसहित कैद सजायको मागदावी लिइएको छ ।