
दिनदिनै मुलुकमा भ्रष्टाचार बढ्दै गइरहेको छ । आम जनता लाचार बनेका छन् । भ्रष्ट नेताहरूकै शासन व्यवस्थामा हालीमुहाली रहेको छ । उनीहरूले जनताको पैसा जसरी पनि लुट्ने धन्दा गरिरहेका छन्’ जपा अध्यक्ष साहले भने, ‘समृद्ध नेपाल निर्माणका लागि सबैभन्दा पहिला भ्रष्ट नेताहरूलाई बहिष्कार गर्नपर्छ । उनीहरूलाई सरकारले पनि कारबाही गर्नुको साटो संरक्षण दिइरहेकाले अब त्यस्ता भ्रष्टहरूलाई जनकारबाही गर्न आम जनता तयार हुनुपर्छ ।’
ठुला दल शीर्ष नेताहरू भ्रष्टाचारमा संलग्न भएको र भ्रष्टाचार गरेको पुष्टि हुँदाहुँदै पनि एकले अर्कोलाई बचाउने, जोगाउने र देशमा लुटेर विदेशमा पैसा थुपार्ने काम भइरहेकाले आम जनताले गाउँ गाउँबाट आवाज उठाउनुपर्ने उनले बताए । काण्डैकाण्डले मुलुक बदनाम भएको उनले बताए । गिरीबन्धु टी–स्टेट देखी ललिता निवास लगायतका सयौँ काण्डमा ठुला नेताहरूकै संलग्नता पुष्टि भइसकेको उनले बताए । तर सरकार र भ्रष्टाचार निवारण गर्ने निकायहरू त्यस्तालाई कारबाही गर्नुका साटो पुरस्कृत गर्ने काम गरिरहेको आरोप उनले लगाए ।
सरकारकै संरक्षणमा भ्रष्टाचार भइरहेको छ । उनीहरू आफै संलग्न छन् । भ्रष्टाचार निवारण गर्ने, भ्रष्टाचारीलाई कारबाही गर्ने निकाय कमिसन लिएर मौन बसेको छ, लाग्छ की उसलाई केही थाहा नै छैन’ साहले भने, ‘यी सबै मिलेर मुलुक लुटेका छन् । नेपालमा लुट्ने र अकुत सम्पत्ति विदेशमा थुपार्ने काम यिनीहरूले गरिरहेका छन् । आज मुलुक कङ्गाल बनेको छ, आर्थिक अवस्था सङ्कटमा छ । तपाई हामी कहिलेसम्म चुप लागेर बस्ने ? अब आवाज नउठाए हाम्रा सन्ततिहरूले हामीलाई नै गाली गर्नेवाला छन् ।’