
‘यतिधेरै जनताको सेवा म आफैँ शाखा प्रमुख भएर दिन सकिन् । सेवा दिन नसकेपछि मेरो जागिर अगाडि बढाउन नैतिक धरातलले दिएन । यति धेरैलाई सेवा दिन नसक्नुमा मेरो कमजोरी रह्यो । नैतिकतामा आधारमा मैले जागिर खानु हुँदैन भनेर मैले आज शिक्षा मन्त्रालयमा गएर राजीनामा पेस गरेर हिँडे,’ उनले भने ।
शिक्षा सचिवलाई नभेटेपछि सहसचिव कालीप्रसाद पराजुलीलाई राजीनापत्र बुझाएर हिँडेको उनको भनाइ छ । राजीनामा पत्रमा उनले ‘जनता धेरै आए, मैले सेवा दिन सकिन, सेवा दिन नसक्नु मेरो कमजोरी रह्यो, त्यसैले यसको नैतिकताको जिम्मेवारी मै लिन्छु’ भन्ने ब्यहोरा उल्लेख गरेका छन् ।
अचेल दैनिक २ हजारभन्दा बढीको हाराहारीमा एनओसी लिन आउने सेवाग्राहीरू आउने गरेका छन् । तर, उनीहरूलाई प्रभावकारी ढंगबाट सेवा दिन नसकेको भन्दै आफूले नैतिकताको आधारमा राजीनामा दिएको बताएका हुन् । करिब तीन महिना अघि मात्रै उनी एनओसी शाखाको प्रमुख भएर गएका थिए ।