काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले ५ हजार रुपैयाँ घूस दिएर काम गराएको भन्ने पूर्वमन्त्री तथा सांसद वीरेन्द्र महतोको भनाइमा रुलिङको माग गरेका छन् ।मंगलबार प्रतिनिधि सभाको आकस्मिक समय लिएर बोल्दै उनले सभामुख देवराज घिमिरेसँग यस विषयमा रुलिङका लागि आग्रह गरे । ‘तत्काल सम्बन्धित मन्त्रीलाई
गृहमन्त्री र प्रधानमन्त्रीउपर रुलिङ गर्नका लागि र आगामी तीन दिनभित्र जानकारी गराउन अनुरोध गर्दछु’ उनले भने ।यही साउन ६ गतेको प्रतिनिधि सभाको बैठकमा सांसद महतोले आफूले ५ हजार रुपैयाँ घूस दिएर काम गराएको बताएका थिए ।यस्तो विषयमा संसदमा प्रस्तुत भएपछि सभामुखले नै रुलिङ गर्ने अपेक्षा गरेको तर त्यो रुलिङ नभएपछि आफूले रुलिङको माग गर्नुपरेको उनले बताए ।५ हजारका कुरा के हो ? यो भ्रष्टाचार हो कि होइन ? यसलाई नजरअन्दाज गर्न मिल्दैन,’ सांसद केसीले भने ।