नेपालगन्ज २ चैत ।बाँके स्थित नेपालगञ्जका भेरी अस्पतालमा रिपोर्टिङका लागि पुगेका नेपाल पत्रकार महासंघ बाँके शाखाका साधारण सदस्य एवं जि नेपाल टेलिभिजनका संवाददाता अभिषेक गुप्तामाथि दुरव्यवहार भएको छ ।अभद्र व्यवहारप्रति शुक्रवार प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री माननीय अब्दुल खानले प्रतिनिधिसभा बैठकमा जि नेपाल फोरके टेलिभिजन कर्मीमाथि दुर्व्यवहार भएको सरकारलाई जानकारी गराउँदै कारबाहीको माग समेत गरे ।
समाचार संकलनका लागि उक्त अस्पताल पुग्नुभएका आभिषेकमाथि अस्पतालमा कार्यरत खुखुरी नेपाल सेक्युरिटी कम्पनीका सुरक्षा गार्ड बाल बहादुर भने व्यक्तिले दुव्र्यवहार गरेका हुन् । सो क्रममा पत्रकार गुप्ताको क्यामेरा खोस्ने दुष्प्रयास गरेका थिए ।यस्तै दुव्र्यवहारप्रति जि नेपाल टेलिभिजनकाले घोर भत्र्सना एवं निन्दा प्रकट गर्दै सो घटना प्रेस स्वतन्त्रताका विपारित भएको पनि हाम्रो ठहर छ ।
जि नेपाल टेलिभिजनका अध्यक्ष अध्यक्ष आशिष गुप्ताले यो घटनाको भ्रत्सना गरेका छन् ।पत्रकार गुप्तामाथि भएको दुर्व्यवहारप्रति खेद व्यक्त गर्दै जि एचडी नेपालका अध्यक्ष आशिष गुप्ता, प्रेस युनियन बाँके सचिव भिष्मा लोध, मधेश मिडिया मिसन नेपाल बाँके लगायत संग संगठनले ध्यानाकर्षण भएको प्रेस विज्ञप्तीमार्फत जनाएका छन् ।
ADVERTISEMENT