काठमाडौं ६ जेठ, । खानेपानी मन्त्री उमाकान्त चौधरीले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीसहित अन्य प्रकारका रोगहरुको रोकथाम गर्न खानेपानी, सरसफाई तथा स्वच्छताको महत्व बढ्दै गएको बताएका छन् ।
संयुक्त राष्ट्र संघ अन्तरगतको ‘स्यानिटेसन एण्ड वाटर फर अल’द्वारा इन्डोनेसियाको राजधानी जकार्तामा जेठ ४ र ५ गते आयोजना भएको मन्त्रीस्तरीय बैठकको पुर्णसत्रमा मन्त्री चौधरीले नेपालको संविधान अनुसार स्वच्छ खानेपानी तथा सरसफाई सेवामा पहुँच मौलिक हकको रुपमा स्थापित भएकाले दिगो विकास लक्ष्य हासिल गर्न नेपाल सरकार प्रतिवद्ध भएको बताएका हुन् ।
ADVERTISEMENT

