
चैत ५ गते जनकपुरको जानकी मन्दिरमा पूजाआजा गरी मधेस प्रदेश यात्रा प्रारम्भ गर्ने राप्रपाका नेताहरू सोही दिन धनुषामा अगुवा कार्यकर्ता भेला र सर्लाहीको बरहथवामा हुने आमसभामा सहभागी हुनेछन्। राप्रपाले चैत ६ गते रौतहटको गौरमा कार्यकर्ता भेला र वीरगन्जमा आमसभा गर्नेछ भने सॅाझ उधोग वाणिज्य संघको सभाकक्षमा वीरगन्जका उद्योगी व्यवसायीसँग छलफल र अन्तर्क्रिया गर्नेछ।
चैत ७ गते बाराको निजगढमा आमसभा र बर्दिबासमा महोत्तरीको अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको छ। यसै गरी चैत ८ गते सिराहाको लहानमा कार्यकर्ता भेला गरेर सप्तरीको बोधेबसान नगरपालिकामा आमसभा गर्ने तालिका रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।