
उनले अरूलाई स्वीकार गर्न नसक्नु पश्चगामी मानसिकता भएको बताए । उनले भने, ‘नेपाल विविधतापूर्ण देश हो । यहाँ अनेकौँ, जातजातिहरू, भाषाभाषीहरु, भेसभुसा भएका मानिसहरू छन् । हाम्रो लागि त्यो कमजोरी होइन । यो हाम्रो लागि सम्पत्ति हो । यो सबैलाई हामीले सम्मान गर्नुपर्छ ।
त्यही आशयले हामी आज राष्ट्रिय पोसाक दिवस मनाउँदै छौँ । नेपालमा लामो समय एकल भाषाभाषी लाद्ने चेष्टा गरियो । लामै संघर्ष गर्यौँ । त्यसपछि गणतन्त्र आइसक्दा पनि कतै न कतै त्यो पश्चगामी मानसिकता अझै छ । त्यसैले हामी यो दिवस मनाउन बाध्य भएका हौँ । आज कुनै एकल जातजातिको मात्रै भेसभुसा मनाउने दिवस होइन । सबैले आफ्नो मौलिक भेसभुसा लगाउने हो ।राष्ट्रिय धोती दिवसको अवसरमा मधेसी समुदायका नागरिकहरू धोती लगाएर माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका थिए । उनीहरूले धोती हाम्रो शान हो, मधेसीको पहिचान हो, धोती हाम्रो राष्ट्रिय पोसाक हो लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।