नेपालगन्ज चैत । नेपालगन्जमा मंगलबार देखी सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन मंगालवारबाट महोत्सव सुरु भएको छ ।नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजनामा महोत्सव सुरु ।
महोत्सवको प्रमुख अतिथी एवम लुम्बिनी प्रदेशका पुर्वमन्त्री कृष्णा केसी ’नमुना’ ले उद्घाटन गरी महासंघ बाँकेका अध्यक्ष मधुकुमारी खड्काले जानकारी दिइन् । महोत्सव उद्घाटन हुनुअघि नेपालगन्ज उपमहानगर क्षेत्रमा झाँकीसहित बृहत र्याली निकालिएको थिए ।
महोत्सवका लागि १ सय ७५ वटा स्टल बुक भइसकेको आयोजकले जनाएको छ । जसमध्ये व्यवसायिक प्रकृतिका ९०, घरेलुका ५०, प्रायोजकका ८, थारु गाउँका १२ र होटल सम्बन्धी १५ स्टल रहेका छन् ।महोत्सव अवलोकनका लागि प्रतिब्यक्ति १ सय रुपैयाँ र बिद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको महासंघले जनाएको छ ।
लुम्बिनी प्रदेशको आर्थिक गतिविधिलाई चलायमान गराउन र उद्यमीले उत्पादन गरेका बस्तुको बजारीकरण तथा प्रर्बद्धनका लागि महोत्सव आयोजना गरिएको बताइएको छ । ‘महोत्सवको थप आकर्षणका रुपमा दैनिक रुपमा प्रस्तुत गरिने साँगितिक कार्यक्रम रहनेछ,’ अध्यक्ष खड्काले भनिन् । साँगितिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
यही चैत १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा २ करोड बढीको कारोबार तथा २ लाख बढी दर्शक अवलोकन गर्ने अपेक्षा गरिएको छ । तराई क्षेत्रमा बढ्न थालेको गर्मीलाई मध्यनजर गर्दै महोत्सव साँझ ८ बजेसम्म सञ्चालन हुृने आयोजकले जनाएको छ ।
ADVERTISEMENT