जलवायु परिर्वतनका विषयमा सरकारले सगरमाथा संवाद गर्ने
zeenepal
२०८० चैत्र ६,
3
Shares
काठमाडौं । सरकारले जलवायु परिवर्तनका विषयमा सगरमाथा संवाद गर्ने भएको छ ।मंगलबार सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलको साझा संकल्पमा जलवायु परिवर्तनका मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सगरमाथा संवाद आयोजना गर्ने घोषणा गरिएको हो ।जलवायु सङ्कटले अल्पविकसित तथा हिमाली देशहरूमा उत्पन्न गरेको जोखिमबारे संवेदनशीलता जगाउन, सरोकारवाला मुलुकहरूको सञ्जाल निर्माणको पहल गर्न र जलवायु वित्त परिचालनका लागि संवाद गर्न लागिएकाे सरकारले जनाएको छ ।
जलवायु परिवर्तन, हिमाल र मानव जातीको भविष्य’ विषयमा सगरमाथा संवाद आयोजना गर्ने घोषणामा उल्लेख छ ।गठबन्धनको संकल्पमा चुरेको संरक्षणमा जोड दिंदै ‘वातावरण नबिग्रिने, विकास पनि नरोकिने’ विधि अपनाउने पनि घोषणा गरिएको छ । ‘जलवायु परिवर्तनले उत्पन्न गरेको जोखिम न्यूनीकरण गर्ने, वातावरणको सुरक्षा गर्ने र हरित अर्थतन्त्रको विकास गर्ने’ संकल्पमा भनिएको छ ।