काठमाडौं ६ जेठ, । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक विमानस्थल हरुबाट मात्रै करिव एक अर्ब ७० करोड बक्यौता रकम असुली गर्न नसकेको पाइएको छ । संघीय संसद अन्तराष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा नागरिक उड्डयन सम्बन्धि समस्या र समाधान उपसमितिले पेश गरेको प्रतिवेदनमा प्राधिकरणले आन्तरिक विमानस्थलहरु बाटै सो बक्यौता रकम असुली गर्न नसकेको उल्लेख गरिएको हो ।
उपसमितिका संयोजक दिव्यमणि राजभण्डारीले विदेशी विमानस्थल हरुबाट पनि बक्यौता रकम असुली गर्न प्राधिकरणले नसकेको जानकारी दिँदै त्यसको मुख्य कारण गैरजिम्मेवारी पन रहेको बताए । उपसमितिको प्रतिवेदनमा नेपाल वायु सेवा निगममा नयाँ नेतृत्व आएपनि त्यसले बोर्ड बैठक समेत बोलाउन नसकेको भनिएको छ ।