
यसैगरी बुधबार सांझ गहवामाई मन्दिरमा ‘महाआरती’ समेत सम्पन्न भएकाे छ । रामनवमी तथा चैते दशैसँगै मङ्गलवार पहिलो पटक निकालिएको गहवामाईको निशानसहितको डोली यात्राको सफलता पश्चात् बुधवार साँझ महाआरतीको आयोजना गरिएको थियाे ।महाआरतीमा हजारौँको सङ्ख्यामा श्रद्धालुहरू सहभागी रहेको माईस्थान मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र कुमार शाहले बताए ।