वीरगंज - प्याब्सन पर्साले आयोजना गरेको अन्तरविद्यालय टी-२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता अन्तर्गत आजका खेलहरू सम्पन्न भएका छन्।
प्याब्सन राज होजियारी जुनियर फुटबल प्रतियोगिता अन्तर्गत भएको पहिलो खेलमा ज्ञान ज्योति स्कूलले माउण्ट एडमण्डलाई २-० ले पराजित गर्दै विजयी भएको छ। खेलको म्यान अफ द म्याच माउण्ट एडमण्डका प्रज्वल मुखिया भए।
दोस्रो खेलमा धोबिनी गाउँपालिकाको ब्लु हेभेन स्कूलले विद्यासागर स्कूललाई १-० ले हराउँदै जित दर्ता गरेको छ। ब्लु हेभेनका अमित कुमार पटेल खेलको म्यान अफ द म्याच घोषित भए।
तेस्रो खेलमा हिमालय पिरामिड विद्यालय मैदानमा उपस्थित नभएकाले बीरगञ्ज पब्लिक ई. स्कूलले वाक ओभर पाउँदै सहज जित हात पारेको छ।
चौथो खेलमा डिएभी स्कूलले अल्पाइन स्कूललाई २-० ले पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा स्थान बनाएको छ। डिएभीका युवराज पटेल खेलको म्यान अफ द म्याच घोषित भए।
पाँचौँ खेलमा ठोरी एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन फ्युचरलाई १०-० को फराकिलो अन्तरले पराजित गरेको छ। ठोरी एकेडेमीका युवेश राई खेलको म्यान अफ द म्याच बने।
यसअघि, प्रतियोगिता अन्तर्गत क्रिकेटका खेलहरूमा पनि उत्साहजनक प्रतिस्पर्धा देखिएको थियो। प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाका अनुसार प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको उत्साह बढाउनुका साथै विद्यालयबीच सौहार्दपूर्ण सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
ADVERTISEMENT
