वीरगञ्ज – डिएभी आर केडिया स्कुलका विद्यार्थीहरूले आज विभिन्न विज्ञान सम्बन्धि प्रविधि प्रदर्शन गरेका थिए। डिएभी स्कुलका प्रिन्सिपल राकेश मिश्रको अध्यक्षता तथा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको प्रमुख आतिथ्यमा सो विज्ञान प्रविधिको उद्घाटन गरिएको थियो।
प्रमुख अतिथि चौधरीले निजी विद्यालयका विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेर भविष्यमा बैज्ञानिक बन्ने अवसर प्राप्त गर्ने भएकाले बालबालिकाहरूमा लुकेर बसेका खुबीहरूलाई बाहिर ल्याउने काम निजी विद्यालयले गरिरहेको बताए। उनले यस प्रकारका कार्यक्रमहरूले विद्यार्थीहरूको सृजनात्मकता र अनुसन्धान क्षमतालाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे।
कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरूले विभिन्न किसिमका प्रविधिहरूको प्रदर्शनी गरेका थिए। कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा, क्षमता, र दक्षतालाई उजागर गर्दै अभिभावक र शिक्षकहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।
ADVERTISEMENT
