वीरगंज — दशैं पर्व नजिकिँदै गर्दा पर्सा जिल्लामा तस्करी पुनः तीव्र बन्दै गएको छ। झोलामा सामान बोकेर ल्याउनेदेखि साना सवारी साधन प्रयोग गर्ने तस्करहरूको गतिविधि खुलेआम देखिन थालेका छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार अब ठूला मात्रामा तस्करीको ‘लाइन’ खोल्ने अन्तिम तयारी समेत भइरहेको छ।
सशस्त्र प्रहरी बल १३ नं. गण पर्सामा एसपी पुरनचन्द्र भट्ट आएलगत्तै प्रारम्भमा करिब डेढ महिनासम्म तस्करी नियन्त्रणमा देखिएको थियो। तर, हाल दशैंको मुखमा पुनः तस्करी मौलाएको छ।
स्रोतका अनुसार एसपी भट्ट तस्कर र बिचौलियासँग सक्रिय सम्पर्कमा छन्। दिनको समयमा साना सामान नियन्त्रणमा लिई देखावटी कारबाही गरी प्रचार गरिन्छ भने रातिको समयमा भने सेटिङ मिलाएर ठूला मात्रामा सामग्री भित्र्याइने गरेको स्थानीयवासीहरूको आरोप छ।
विशेषतः छपकैया, ड्राइपोर्ट सिरीसिया, अलौ, कोनिया, तिलावेबर्वा, अमरपट्टी, प्रसौनीभाठा र धोरे नाकाबाट भारतीय सामान चोरी निकासी–पैठारी भइरहेको छ। प्रसौनीभाठा, धोरे र अमरपट्टी नाकाबाट भारतबाट दूध, काजु, चकलेट, किराना सामान, कपडा, जुत्ता–चप्पल, सूर्तीजन्य वस्तु, कुखुराका चल्ला लगायत सामग्री ठूला मात्रामा नेपाल भित्र्याइएका छन्।
स्थानीयहरूका अनुसार अमरपट्टी र वरपरका पाँच गाउँमा रहेका करिब ८०–१०० वटा कुखुराफार्म तस्करीमार्फत ल्याइने चल्लामै निर्भर छन्।
पूर्वमा महोत्तरीमा गणपति रहेका भट्टलाई गत असारमा पर्सा सरुवा गरिएको हो। उनी गृहमन्त्री रमेश लेखककै जिल्लावासी भएकाले राजनीतिक सरोकारका आधारमा सरुवा गरिएको आरोप समेत लागेको छ। प्रहरी वृत्तमा ‘जिल्ला इन्चार्जदेखि अर्को जिल्लाको इन्चार्ज’ मा सरुवा गर्ने प्रवृत्तिको आलोचना समेत भइरहेको छ।
पर्साका स्थानीयहरूले सशस्त्र प्रहरी नेतृत्व नै निरिह देखिएको र एसपी भट्टको मौन सहमति तथा संलग्नताले पर्सालाई तस्करीको केन्द्र बनाएको आरोप लगाएका छन्।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरनचन्द्र भट्टसँग फोन सम्पर्क गर्दा उनले फोन उठाएनन्।