
लगत्तै मोदी लुम्बिनी नजिकै रहेको होटल पवन प्यालेसमा पुगे । त्यहाँ प्रधानमन्त्रीबीच भेटवार्ता र विभिन्न समझदारी पत्रमा हस्ताक्षरको कार्यक्रम रहेको भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले बताए । ‘धेरै विषयमा सझौता हुँदैछन् । कार्यक्रम सकिएपछि जानकारी भइहाल्छ,’ शर्माले भने । उक्त औपचारिक कार्यक्रम सकिएपछि साढे तीन बजे दुवै मुलुकका प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा आयोजना हुने बुद्ध जयन्ती समारोहलाई सम्बोधन गर्नेछन् ।