वीरगञ्ज - पर्सा प्रहरीले ८० किलो लागु औषध चरेश सहित आईतवार ३ जनालाई पक्राउ गरेको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं.५ देवरीयाबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।प्रहरी टोलीले दिउँसो २ बजे छापामारी उनीहरुलाई पक्राउ गरेको भएपनि नाम हाल सम्म खुलाएको छैन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीले केही बेरमै प्रेस रिलिज जारी गरी पक्राउ परेका ब्यक्तिहरुको वारे विस्तृत वितरण सार्वजनिक गर्ने बताए । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको प्रहरी प्रवक्ता समेत रहेका गिरीले बताए ।
ADVERTISEMENT