नेपालगन्ज ४ जेठ, बाँकेको नेपालगन्जमा पाँच दलिय गठबन्धन भएपनी राप्रपाले एकपछि अर्को जित हासिल गर्दै आएको छ। हाल भने नेपालगन्ज नगरको वडा न:१०मा श्रावण श्रेष्ठ निर्वाचीत हुनुभएको छ।
देशभर स्थानीय तहको निर्वाचनमा मतगणना गर्ने कार्य जारी भएतापनी पाँच दलिय गठबन्धनकै बिच भारी प्रतिस्पर्धामा रहेर हालसम्म बाँकेमा राप्रपाले ४ वटा वडामा बिजय हासिल गरेको छ।
त्यससँगै १० बर्ष पछि बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा न:६मा आफ्नो प्यान सहित राप्रपाबाट लवराज खरेलको टिम बिजयी भएको छ।यस्तै नेपालगन्ज नगरबाट वडा न:८मा रजनिश बाजपेयी विवेकको सम्पुर्ण टिम र नेपालगन्ज नगरको वडा न:२बाट मनोज श्रेष्ठ निर्वाचीत हुनुभएको छ।