नेपालगन्ज : युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले नेपालगन्ज रंगशालाको स्थलगत निरीक्षण गरेका छन । नेपालगन्ज आइपुगेका मन्त्री गुप्ताले मंगलबार रंगशालासँगै खेलकुद स्विमिङ पुल, कभर्ड हल, सुटिङ रेन्ज लगायत संरचनाको अवलोकन गरेका हुन ।सो क्रममा उनले रंगशालामा रहेका भौतिक पूर्वाधारको संरक्षणसँगै खेलकुद गतिविधिलाई निरन्तरता दिन मन्त्रालयको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
खेलकुद क्षेत्रको विकासका लागि नेपाल सरकारले आवश्यक काम गरिरहेको उनको भनाई छ । खेलाडीलाई बढीभन्दा बढी प्रशिक्षण र सुविधा दिनुपर्ने मन्त्री गुप्ताले बताए ।
सो क्रममा क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्दले नेपालगन्ज रंगशालामा विद्यमान विभिन्न समस्या, साथै भौतिक पूर्वाधार सुधार तथा नयाँ निर्माणको आवश्यकताबारे मन्त्री गुप्तालाई अवगत गराएका थिए ।करोडौंका खेलकुद पुर्वाधारको संरक्षण तथा रेखदेख गर्न बजेट अभावले समस्या आएको प्रमुख चन्दले दुखेसो पोखेका थिए ।
ADVERTISEMENT

