काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ चैतमा काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीको लाठीचार्जबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका ठाकुरप्रसाद डाँगीलाई शहीद घोषणा गर्न माग गरेको छ ।
राप्रपाले आयोजना गरेको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गर्दा घाइते भएका बर्दियाका डाँगीको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको थियो । राप्रपाले संविधान प्रदत्त अधिकारको उपभोग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकाहरुमाथि गरिएको दमन निन्दनीय भएको पनि बताएको छ ।
२७ चैतमा राप्रपाले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज, पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको थियो । त्यस क्रममा करिब ५० जना घाइते भएका र धेरै जना उपचारपछि घर फर्केका श्रेष्ठले जानकारी दिए । उनका अनुसार शल्यक्रिया गर्नुपर्ने छ जना अझै उपचारको क्रममा विभिन्न अस्पतालमा रहेका छन् ।
ADVERTISEMENT

