रौतहट । पूर्वाधार विकास कार्यालय गौरमा चार दिन अघि तालाबन्दी गरेका नेपाली कांग्रेसका नेताहरूले आइतबार सहमतिपछि ताला खोलेका छन् ।प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको पहलमा जिल्ला प्रशासन कार्यालय रौतहटमा आइतबार बिहान बसेको सर्वपक्षीय बैठकमा सहमति जुटेपछि ताला खोलिएको हो ।
नेपाली कांग्रेसका जिल्ला सभापति सुनिल कुमार यादव ‘जितेन्द्र’को अगुवाइमा गएका कांग्रेसका नेता कार्यकर्ताले पूर्वाधार कार्यालयमा लगाइएको ताला खोलेका हुन् ।जिल्ला प्रशासन कार्यालय रौतहटमा बिहान बसेको सर्वपक्षीय बैठकले एमाले केन्द्रीय सदस्य अजय कुमार गुप्ता, कांग्रेस जिल्ला सभापति जितेन्द्र र पूर्वाधार कार्यालयका प्रमुख बिनोद कुमार ठाकुरसहित तीन सदस्यीय समिति गठन गरेको छ।
क्त समितिले मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवसँग वार्ता गरी सहमति अनुसार विकास बजेट सञ्चालन गर्ने निर्णय भएको बैठकमा सहभागी पूर्वाधार कार्यालयका लेखा अधिकृत सुदिप गौतमले जानकारी दिए ।यसअघि योजनाकै लागि प्रदेश सरकारबाट बाहिरिएका कांग्रेस नेता तथा कार्यकर्ताहरूले पूर्वाधार कार्यालयमा गत बुधबार भ्रष्टाचारको आरोप लगाउँदै तालाबन्दी गरेका थिए ।

