नेपालगञ्ज । असत्यमाथि सत्य तथा आसुरी शक्तिमाथि दैवी शक्तिले विजय प्राप्त गरेको शास्वत सन्देश दिने नेपालीहरुको महान पर्व विजया दशमी अर्थात बडा दशैं शनिवार श्रद्धाभक्तिपूर्वक मनाइएको छ ।बडा दशैंको पहिलो दिन गत असोज १७ गते बिहीवार घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरि विजया दशमी पर्व प्रारम्भ भएको थियो । घटस्थापनासंगै प्रारम्भ हुने यस पर्वमा दुर्गा भवानीको विभिन्न ९ रुपको पूजा उपासना गरिन्छ ।यी नौ दिनमा घर–घरमा घटस्थापना गरी अखण्ड ज्योति स्थापना गरेर नौ दिनको उपवास राख्ने गरिन्छ । दशमी तिथि अर्थात् विजया दशमीको दसौँ दिन । यसै दिनमा पर्ने यो दिन दशमी र दशहराबाट आएको शब्द हो । यसै दिन दुर्गा भवानीले महिषासुर नामक असुरको वध गरेको भनेर पनि उल्लेख गरिएको छ । टीका, जमरा अनि रमाइलोको वातावरण दैत्यहरूमाथि देवताहरूको विजय, असत्यमाथि सत्यको विजय अनि अमानवीय तत्वमाथि मानवताको विजयका रूपमा यो पर्वलाई लिइन्छ । यसबीच नेपालगञ्जमा सञ्चालनमा रहेको १५७औं रामलिलामा बडा दशैको दिनमा रावणको बध गरिएको छ ।
बडा दशैंको अवसरमा रामायणमा आधारित रामलिला अन्तर्गत नेपालगञ्जको रामलिला मैदानमा सञ्चालन भएको रामलिलामा दशमीको दिनमा रावणको बध गरिएको हो ।यो गत १५७ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको छ भारतबाट आएका कलाकारले बाल्मिकी रामायणमा आधरित रामलिला मञ्चन गदै आएका छन् ।यस्तै घटस्थापनाको दिनदेखि नगर तथा विभिन्न ग्रामीण क्षेत्रमा स्थापित गरिएका दुर्गा प्रतिमाहरु आइतवार नदीमा लगेर विसर्जन गरिएको छ ।

