काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गैरसरकारी संस्थाभित्र पारदर्शिता हुनुपर्छ भन्ने आवाज रहेको बताएका छन् ।मंगलबार पार्टीको केन्द्रिय कार्यालय सानेपामा आयोजित ‘गैरसरकारी संस्थासम्बन्धी कांग्रेसको नीति’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘यी संघसंस्थाहरूमा सुशासन, पारदर्शिता र आन्तरिक लोकतन्त्र मजबुद हुनुपर्छ भन्ने पनि आवाज छ,’ सभापति देउवाले भने ।
ADVERTISEMENT

