सीडीओले अङ्क दिँदा प्रहरीको मनोबल खस्किन्छ : सांसद प्रधान
zeenepal
२०८२ असार १६,
21
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुबहादुर प्रधानले प्रमुख जिल्ला अधिकारी(सीडीओ)ले प्रहरी कर्मचारीहरूलाई कार्यसम्पादन मूल्याङ्कनको अङ्क दिन नहुने बताएका छन् सोमबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा प्रहरी विधेयकबारे छलफल गर्दै सांसद प्रधानले प्रमुख जिल्ला अधिकारीले अङ्क दिँदा प्रहरी कर्मचारीको मनोबल खस्किने बताए ।
उनले भने, ‘प्रजिअले अङ्क दिँदा मनोबल खस्किन्छ, चेन अफ कमान्ड नबिगारौँ ।’ पूर्व आईजीपी समेत रहेका प्रधानले जिल्लामा प्रमुख जिल्ला अधिकारीले निर्देशन दिनुपरेमा जिल्ला प्रहरी प्रमुखलाई दिने व्यवस्था ऐनमा गर्नुपर्ने समेत बताए ।सादा पोसाकमा प्रहरी परिचालन गर्ने र सूत्र परिचालनको व्यवस्था ऐनमा नै गर्नुपर्ने बताए । उनले महानगरपालिकामा महानगरीय प्रहरीको संरचना विकास गर्नुपर्ने समेत बताए ।