काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आफूले कुनै गल्ती नगरेको जिकिर गरेका छन् ।सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अब चित्रगुप्तलाई के जवाफ दिनुहुन्छ भन्ने प्रश्न गरेको बारे सोधेका थिए ।
जवाफमा मन्त्री अधिकारीले पहिला आफूलाई हेरेर अरूमाथि दोष लगाउन प्रचण्डलाई आग्रह गरे ।उनले भने, ‘तपाईंले पहिला आफूलाई हेरौँ अनि बल्ल अरूलाई प्रश्न गरौँ ।’उनले आफू जनताको काम गर्न गएकाले कुनै पनि गलत काम नगर्ने जिकिर गरे ।मैले गल्ती गर्दिनँ, म जनताको काम गर्न गएको हो । जनताको काम गर्छु, तपाईंहरू ढुक्क हुनुस्,’ उनले भने ।मन्त्री अधिकारीले गलत गर्नेलाई कारबाही हुनुपर्ने बताए ।
ADVERTISEMENT

