काठमाडौं । सरकारले सडक दुर्घटना न्यूनीकरणका लागि जीपीएस ट्राकिङ सिस्टम र एआईमा आधारित ट्राफिक क्यामेराको व्यवस्था गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३ ०८४ को नीति तथा कार्यक्रममा डिजिटल जरिवाना प्रणाली र गति नियन्त्रण कडाईका साथ लागू गर्ने बताइएको हो ।‘सडक दुर्घटना न्यूनीकरणका लागि जीपीएस ट्राकिङ एआईमा आधारित ट्राफिक क्यामेरा, डिजिटल जरिवाना प्रणाली, र गति नियन्त्रण कडाइका साथ लागू गरिनेछ,’ पौडेलले भने, ‘पैदल तथा साइकल यात्रुका लागि सुरक्षित पुर्वाधार निर्माण गरिनेछ ।’
ADVERTISEMENT

