काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र सडक बालबालिका मुक्त घोषणा गर्ने नीति लिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा सोमबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सडक बालबालिका मुक्त गर्ने घोषणा गरिने बताए ।तीन वटै सरकारको बजेट प्रणालीमा बालबालिका उत्तरदायी बजेट कोड लागु गरिने पौडेलले बताए ।असायह, अशक्त र जोखिममा परेका नागरिकको समुदायमै संरक्षण तथा पूनर्स्थापना सेवाको व्यवस्था गरिने छ,’ पौडेलले भने । त्यसैगरी अपांगता भएका व्यक्तिलाई उतमशीलता र रोजगारमूलक सिप प्रदान गरी आत्मनिर्भर बनाइने पौडेलले बताए ।
ADVERTISEMENT

