काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीहरुको सरुवा, पदस्थापना, काज सरुवासम्बन्धी मापदण्डलाई समयानुकल परिमार्जन गर्न मन्त्रालयका अधिकारीलाईहरुलाई निर्देशन दिएकी छन् ।
मन्त्रालयका सचिव र सहसचिवहरुसँग मन्त्री न्यौपानेले निजामती कर्मचारीहरुको सरुवा, पदस्थापना तथा काज सरुवासम्बन्धी कामलाई निश्पक्ष, पारदर्शी तथा बस्तुगत बनाउनका लागि मापदण्डलाई समयानुकूल परिमार्जन गरि राय सुझाव पेस गर्न निर्देशन दिएकी हुन् ।
मापदण्ड समयानुकल परिमार्जन गरेपछि मात्रै कर्मचारीहरुको सरुवासम्बन्धी काम हुने भएकोले जतिसक्दो चाँडो सुझाव आफूलाई पेस गर्न मन्त्री न्यौपानेले निर्देशन दिएकी छन् ।साथै विगतमा बनेका मापदण्ड कार्यान्वयन नभएको हुँदा अब उक्त मापदण्डलाई कडाइका साथ अनिवार्य लागू गरिने मन्त्री न्यौपानेको भनाइ छ ।मन्त्री न्यौपानेले कर्मचारी सरुवालाई पूर्वअनुमानयोग्य बनाउन पनि निर्देशन दिएकी छन् ।यसैगरी मन्त्री न्यौपानेले निजामती कर्मचारीहरुको गुनासो सुुनुवाइको लागि मन्त्रालयमा छुट्टै गुनासो सुनुवाइ संयन्त्र पनि निर्माण गर्ने बताएकी छन् ।

