काठमाडौँ । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा घाइते भएकाहरूले जेनजी आन्दोलनलाई ‘हाइज्याक’ गर्न खोजिएको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालको ध्यानाकर्षण गराएका छन्। आइतबार सिंहदरबार पुगेर घाइतेहरूले गृहमन्त्रीसँग भेट गर्दै यस्तो चेतावनी दिएका हुन्।
उनीहरूले आन्दोलनका शहीद र घाइतेहरूको अपमान हुने किसिमका गतिविधि सह्य नहुने बताएका छन्। जेनजीका विभिन्न समूहहरूले वर्तमान परिस्थितिमा सरकार समक्ष आ-आफ्नै माग राखिरहेको अवस्थामा राजनीतिक दलमा आबद्ध युवाहरूले समेत आन्दोलनको फाइदा उठाउन खोजेको भन्दै वास्तविक जेनजी पुस्ता आक्रोशित भएको छ। आफूहरू नै वास्तविक जेनजी पुस्ता भएको र आन्दोलनबाट प्राप्त उपलब्धिलाई दुरुपयोग गर्न नपाइने उनीहरूको चेतावनी छ।
ADVERTISEMENT

