काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरूको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार आयोजित साधारण सभामा शैक्षिक परामर्श क्षेत्रका व्यापक विषयहरूमा छलफल भएको थियो । साधारण सभामा शैक्षिक परामर्श व्यवसाय क्षेत्रका विद्यमान समस्या, कानुनी जटिलता र व्यवस्थापनका विषयमा गहन छलफल गरिएको छ । सहभागीहरूले क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन राज्यले स्पष्ट कानुनी ढाँचा र समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
महासचिव दिपेन्द्र पोखरेलले संस्थाले विभिन्न समयमा निर्वाह गरेको भूमिकाबारे जानकारी गराउँदै नेपाललाई ‘शैक्षिक हब’ बनाउने फेकनको अभियानलाई प्राथमिकतामा राखिएको बताए । उनले सरोकारवालाहरूलाई रचनात्मक सुझाव र सहयोगका लागि अपिल गरे ।साधारण सभामा बोल्ने विभिन्न वक्ताहरूले १५ वर्षको अवधिमा फेकनले शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन महत्वपूर्ण योगदान दिएको उल्लेख गरे ।
निवर्तमान अध्यक्ष राजु निरौलाले सरकारको उदासीनताका कारण परामर्श व्यवसायीहरू समस्यामा परेको बताए । उनले प्रदेश र केन्द्रबाट लाइसेन्स नलिई सञ्चालनमा रहेका संस्थालाई बन्द गर्न र नियमअनुसार काम गरिरहेका व्यवसायीलाई बदनामबाट जोगाउन सरकारसँग माग गरे ।न्युजिल्यान्डकी मानार्थ वाणिज्यदूत लिसा चोइगलले नेपाल–न्युजिल्यान्ड सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै थप नेपाली विद्यार्थी न्युजिल्यान्डमा अध्ययनका लागि आउनुपर्ने धारणा राखिन् । उनले फेकनसँग निरन्तर संवाद जारी राख्ने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रमुख अतिथि सेमान्त कोइरालाले कानुन निर्माणमा ढिलाइ र तीन तहका सरकारबीच समन्वयको अभावले समस्या देखिएको स्वीकार गरे । प्रदेशबाट स्वीकृति प्राप्त र दर्ताबिनै सञ्चालनमा रहेका संस्थाहरू छुट्याउने प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै नवीकरण अवधि सकिएपछि अवैध संस्थामाथि कारबाही गरिने बताए।अध्यक्ष कुश्वारले साधारण सभालाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले फेकनलाई अझ सशक्त, व्यवस्थित र प्रभावकारी बनाउने दिशामा कार्यसमिति प्रतिबद्ध रहेको बताए ।