
मंगलबारमात्र राष्ट्रिय मुक्ति क्रान्ति नेपालले ७७ जिल्लाका लागि पार्टीका संयोजक चयन गरेको छ । ती संयोजकले जिल्लामा पार्टीलाई संयोजन गर्ने पार्टीका अर्का नेता सन्तोष मेहताले बताए । उनले भने, ‘जिल्लामा अहिले कुनै समिति बनाउने योजना छैन । एक जना संयोजक राखेर पार्टी संयोजन गर्ने काम गर्छौं ।राष्ट्रिय मुक्ति क्रान्ति नेपालको ७७ वटै जिल्लामा संगठन छ । संयोजकले संयोजन गर्ने आधारमा संगठनका थप काम हुने मेहताको भनाइ छ ।राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टी हुनुभन्दा पहिले नै राष्ट्रिय मुक्ति क्रान्तिको नामबाट देशैभरि अभियान चलाइएको थियो । दुई चरणको कार्यक्रम पनि सम्पन्न भइसकेर तेस्रो चरणको कार्यक्रम गर्ने तयारी भइरहेको नेताहरू बताउँछन् ।