काठमाडौं । पत्रकार आचारसंहिता कार्यान्वयनबारे अन्तर्राष्ट्रिय सञ्चार माध्यमका पत्रकारहरूसँग छलफल गरिएको छ ।प्रेस काउन्सिल नेपालले सोमबार पत्रकार आचारसंहिता कार्यान्वयनका सन्दर्भमा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा कार्यरत पत्रकारहरूसँग छलफल गरेको हो वरिष्ठ पत्रकार युवराज घिमिरेले आचारसंहिताको महत्व र पत्रकारिताबारे प्रकाश पारेका थिए । कार्यक्रममा दूरदर्शन र एआईआरका लागि कार्यरत श्वेता सिंह, एएफपीका लागि कार्यरत प्रकाश माथेमा र पावन माथेमा, इन्डिया टुडे समूहका पंकज दास, डब्ल्यूआईओएनकी सलोनी मुरार्का, चाइना मिडिया ग्रुपकी वर्षा (झाङ यूए), प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)का शिरीष बी. प्रधान, निम्जेनका रजनीश भण्डारी तथा एसिया प्यासिफिक डेलीकी सृष्टि काफ्लेलगायतले नेपालमा रिपोर्टिङ गर्दाको जटिलता, आचारसंहितको पालनाका विषयमा अनुभव सुनाएका थिए ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यको प्रमुख आतिथ्यता र काउन्सिलको अन्तर्राष्ट्रिय सम्बन्ध उपसमितिका संयोजक कुमारी निमा काफ्लेको सभापतित्वमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा सूचना तथा प्रसारण विभागका महानिर्देशक तथा प्रेस काउन्सिल नेपालका सदस्य-सचिव छविन्द्र पराजुली, प्रेस काउन्सिलका सदस्य भीमलाल श्रेष्ठ र मुख्य अधिकृत झविन्द्र भुसालले प्रेस काउन्सिल नेपालले गरिरहेको अनुगमन, आचारसंहिता पालनाको अवस्था र सूचना तथा प्रसारण विभाग बीचको सम्बन्धबारे जानकारी गराएका थिए ।