जुम्ला फागुन, । जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही निकटतम् प्रतिस्पर्धीभन्दा १ हजार ४ सय ५८ मतले अगाडि देखिएका छन्। कनसुन्दरी गाउँपालिकाको ५ हजार ५९ मतगणना गरिसक्दा शाहीले २ हजार ६९१ मत प्राप्त गरेका हुन्।दोस्रो स्थानमा रहेका नेकपाका नरेश भण्डारीले १ हजार २ सय ३३ मत प्राप्त गरेका छन्। उनी राप्रपाका ज्ञानेन्द्र शाहीभन्दा १ हजार ४ सय ५८ मतान्तरले पछाडि छन्।
त्यस्तै नेपाली काङ्ग्रेसका दीपबहादुर शाहीले ६ सय ५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका शान्तिलाल महतले २ सय ८१ मत प्राप्त गरेका छन् । रास्वपाकी विनिता कठायतले अहिलेसम्म ३६ मत प्राप्त गरेकी छन् । मतगणना कार्य निरन्तर जारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
ADVERTISEMENT

