काठमाडौं । बुधबार राति ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा दाजुभाइको हत्यामा संलग्नलाई नियन्त्रणमा लिन सफल महिला प्रहरी र जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुखलाई नगदसहित पुरस्कृत गरिएको छ बुधबार राति ७:४० बजे ललितपुरको कृष्ण मन्दिरमा सिर्जन नेम्बाङ र सुमीत नेम्बाङको हत्या गरी हतियारसहित भाग्दै गरेका अभियुक्तहरूलाई एक्लै लखेटी नियन्त्रण लिई साहसिक काम गरेको र समग्रमा उक्त घटनामा नेतृत्वदायी भूमिका खेलेको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख होविन्द्र बोगटीलाई नगदसहित पुरस्कृत गरिएको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको उपस्थितिमा पुरस्कार प्रदान गरिएको प्रहरीले जनाएको छ । बुधबार फोन सम्वादमा भएको विवादले उग्र रुप लिँदा नेम्बाङ दाजुभाइमाथि सञ्जीव नेपालीले हतियार प्रहार गरी हत्या गरेका थिए ।
ADVERTISEMENT

