
भूकम्प गएको ३६ घण्टाभित्रै प्रभावित क्षेत्रमा पुगेर खोज, उद्धार, उपचार, राहत वितरणजस्ता कार्यमा नेपाल सरकारलाई सहयोग गर्दै आएको सेभ द चिल्ड्रेन र सेभ द चिल्ड्रेनसँग साझेदार स्थानीय सङ्घसंस्थालगायत विभिन्न दातृ निकाय तथा दातालाई मन्त्री आचार्यले धन्यवाद दिए । मन्त्री आचार्यसँगै भूकम्पपीडितको अवस्थालाई बुझ्न रावतगाउँ पुगेका भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले राहत वितरण, अस्थायी आवास निर्माणसँगै पुनःनिर्माणलाई सँगसँगै बढाउनुपर्ने बताए ।