नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखामा डुडुवा सभा हल निर्माण गरिएको छ । डुडुवा गाउँपालिकाको आर्थिक सहयोगमा नवनिर्मित डुडुवा सभा हलको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी (पप्पु) ले बिहीबार उद्घाटन गरेका छन् । शाखाको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ सञ्चारग्राम बसपार्कमा रहेको भवनको दोस्रो तलामा उक्त सभा हल निर्माण गरिएको हो ।डुडुवा गाउँपालिकाको १० लाख रुपैयाँ आर्थिक सहयोगमा सभा हल निर्माण गरिएको अध्यक्ष नवीन गिरीले जानकारी दिए । नेपालगन्ज उपमहानगरपालिकाले उपलब्ध गराएको जग्गामा साविक जिल्ला विकास समिति, नेपालगन्ज उपमहानगरपालिका लगायतको सहयोगमा शाखाको भवन निर्माण गरिएको थियो ।
नयाँ वर्ष २०८३ को पूर्व सन्ध्यामा बिहीबार आयोजना गरिएको सभा हल उद्घाटन तथा भित्तेपात्रो विमोचन कार्यक्रममा शुभकामना आदानप्रदान समेत गरिएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चौधरीले स्थानीय मिडियाको संरक्षण, प्रबद्र्धन र विकासमा गाउँपालिका प्रतिबद्ध रहेको बताए ।कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, महासंघ बाँकेका पुर्वअध्यक्षहरु, पत्रकारका विभिन्न संघ संगठनका प्रतिनिधि लगायतले पनि बोलेका थिए ।
ADVERTISEMENT

