काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले भ्रष्टाचार छानबिन गर्ने हो भने समकालीन सबै नेता जेल जाने दाबी गरेका छन् ।आइतबार शिक्षा पत्रकार समूहले गरेको शिक्षा बहस कार्यक्रममा उनले अहिले नेपालमा नेता बन्ने भनेकै पैसा कमाउन हो भन्ने खालको मानक बनेको बताए ।मैले आरोप लगाएको होइन नेपालका मान्छेहरु यदि छानविन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाँदैनन् ? सबै जान्छन् नि पालोपालो । उसले उसलाई लगाउँछ, उसले उसलाई लगाउँछ उहाँहरु (नेताहरु) को कुरा हो । तर सबैलाई अर्ब भन्दा कमको चार्ज छैन नि । अहिले सरकारमा भएका हुन् या बाहिर बसेका हुन् । त्यो साँचो कुरा हो’, उनले भने ।
०६४/०६५ पछि राजनीतिमा विकृति देखिएको भन्दै उनले विद्यार्थी संगठनको अध्यक्ष बन्ने चाहने नेताले काठमाडौंमा घरको सपना देख्ने बताए । ‘त्यो विद्यार्थीहरुको दोष होइन पार्टीको दोष हो । विद्यार्थीहरुले त सिक्ने हो । नकारात्मक पनि सिक्ने हो । सकारात्मक पनि सिक्ने हो । सकारात्मक सिकेर बलिदानीतिर गएको भए त्यसरी नै विद्यार्थीहरु तयार हुन्थे’ विप्लवले भने ।
ADVERTISEMENT

