काठमाडौं । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति सिफारिसका लागि समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उपाध्यक्ष नियुक्तिका लागि समिति गठन गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
चिकित्सा शिक्षा आयोग ऐन अनुसार आयोगको उपाध्यक्ष नियुक्ति सिफारिसका लागि ३ सदस्यीय समिति रहने व्यवस्था छ । लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहने समितिमा मुख्य सचिव वा मुख्यसचिवले तोकेका प्रधानमन्त्री कार्यालयका एक जना सचिव र चिकित्सा क्षेत्रको प्राध्यापकहरुमध्ये सरकारले एक जना महिला रहने व्यवस्था छ ।
हेर्नुहोस् मन्त्रिपरिषदको निर्णयहरू :

