
हिमालदेखि सागरसम्म यो क्षेत्रकै मानिसको जीवन गाँसिएको छ, त्यही भएर जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दामा बिमस्टेक गभ्भीर बनोस् भन्ने मेरो आग्रह छ”, राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
उनले बिमस्टेकमा हाल रहेको पर्वतीय अर्थतन्त्रको क्षेत्रसँगै त्यसमा पर्वतीय वातावरण जोडेर काम गर्न पनि सुझाव दिए । राष्ट्रपति पौडेलले बंगालको खाडी क्षेत्रका राष्ट्रहरूबिच सहकार्य सुदृढ बनाउन यस मञ्चलाई नेपालले उच्च महत्त्व दिएको बताए । ऊर्जा, पर्यटन, कृषि, व्यापार र लगानी बिमस्टेक क्षेत्रको साझा समृद्धिको महत्वकांक्षा पूरा गर्न सहयोग पुर्याउने उच्च सम्भावना भएको क्षेत्रहरू भएको उनको भनाइ थियो ।