
बाँकेकी निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पारेको आरोप लागेका बादशाह कुर्मी लुम्बिनीको मन्त्री बनेका थिए । उनी नेपाली कांग्रेसको कोटाबाट वनमन्त्री बनेका हुन् । विवादमा आएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै चौतर्फी विरोध भएको थियो । विवाद बढ्दै गएपछि उनले राजीनामा दिएको बताइएको छ ।