काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्द प्रहरी प्रधान कार्यालय सरुवा भएका छन् ।प्रहरी महानिरीक्षक वसन्तबहादुर कँुवरको सिफारिसमा गृह मन्त्रालयले उनलाई प्रहरी प्रधान कार्यालयमा रहेको प्रदेश समन्वय विभागमा सरुवा गरेको हो ।विभागमा प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीको नेतृत्व छ । विभागको नेतृत्व एआईजी सुदीप गिरीले गरिरहेका छन् ।विमानस्थलमा प्रहरी र अध्यागमन विभागका कर्मचारीबीच कुटपिट भएको घटनामा प्रहरीलाई कारबाही गरिएको प्रति डीआईजी चन्द असन्तुष्ट थिए ।गृह मन्त्रालयले बनाएको छानबिन समितिले पनि प्रहरी कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेपछि उनले राजीनामा दिएका थिए ।
मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्न खोज्दा मोक्तानले आफू ‘अधिकृत भएको’ बताउँदै जाँच नगरी हिँड्न खोजेका थिए । त्यसक्रममा उनले अपशब्द समेत बोलेको प्रहरीको दाबी छ ।त्यसपछि प्रहरी र कर्मचारीबीच कुटाकुट भएको थियो । यसमा जोडिएका तीन जना प्रहरी कर्मचारीलाई उपत्यका प्रहरी कार्यालयमा तानिएको छ ।
ADVERTISEMENT

