
सीडीएससी नेपाल स्टक एक्सचेञ्जकै भगीनी संगठन हो । नेप्सेका सीईओ एक्त कम्पनीको अध्यक्ष रहने व्यवस्था छ । उक्त कम्पनीले दोस्रो बजारमा सूचीकृत सम्पूर्ण शेयरको निक्षेप राख्ने र कारोबार वा हस्तान्तरण भएका सेयरको क्लियरिङ गर्ने काम समेत गर्छ । सीडीएससी अन्तर्गत हाल १२ निक्षेप सदस्य, २४८ रजिष्टर्ड कम्पनी, ६५ लाख ६ हजार डिम्याट खाता, ३७ लाख ६१ हजार मेरोसेयर प्रयोगकर्ता र १४ अर्ब ४ करोड कित्ता सूचीकृत सेयर रहेको छ ।