काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको प्रत्यक्ष प्रसारणका लागि रेड बुल टाइटल स्पोन्सरका रूपमा आबद्ध भएको छ। अब हिमालय टेलिभिजनमा एनपीएलको प्रसारण रेड बुलको मुख्य प्रायोजनमा हुनेछ।नेपालमा क्रिकेटप्रतिको बढ्दो उत्साह र एनपीएलको लोकप्रियतालाई थप उचाइमा पुर्याउने उद्देश्यले रेड बुल र हिमालय टेलिभिजन नेटवर्कबीच सहकार्य भएको हो। प्रत्यक्ष खेलसँगै प्रि–म्याच र पोस्ट–म्याच कार्यक्रम तथा विशेष खेल सामग्रीमार्फत दर्शकलाई आकर्षक प्रसारण अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ।
रेड बुल नेपालका तर्फबाट सरस बेभरेजेज प्रालिका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले रेड बुल ऊर्जा, खेलकुद र उत्कृष्ट प्रदर्शनसँग जोडिएको ब्रान्ड भएको बताए। नेपाली दर्शकमा क्रिकेटप्रतिको उत्साह र ऊर्जासँग रेड बुलको स्वाभाविक सम्बन्ध रहेको भन्दै उनले एनपीएलको टाइटल स्पोन्सरका रूपमा जोडिन पाउँदा उत्साहित भएको बताए।

