वीरगञ्ज मंसिर। पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसिया निर्वाचित भएका छन् । उनले जनता समाजवादी पार्टी (जसपा) का सुरेन्द्रप्रसाद कुर्मीलाई ६ हजार ६ सय मतान्तरणले पराजित गरेका हुन् । चौरसियाले २८ हजार ४५१ मत ल्याउँदा जसपाका कुर्मीले २२ हजार ४४५ मत पाए । ८६ हजार ९ सय ६६ मतदाता रहेको यस क्षेत्रमा ५९ हजार १ सय ८८ मत खसेको थियो ।
यस क्षेत्रबाट ०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट विमल श्रीवास्तवले बाजी मारेका थिए । चौरसिया श्रीवास्तवसँग पराजित भएका थिए । श्रीवास्तवले २१ हजार १६९ मत पाउँदा अजयले १९ हजार ७०४ मत पाएका थिए । पछिल्लो समय लोसपामा रहेका श्रीवास्तवले राजनीतिबाट सन्यास लिने घोषणा गरिसकेका छन् ।