खजुरा (बाँके) : बाँके निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा ३ (क) बाट नेकपा एमालेका रत्न खत्री निर्वाचित भएका छन् । उनले स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारलाई १ हजार ६ सय ९४ मतले पराजित गर्दै निर्वाचित भएका हुन् ।
खत्रीले १३ हजार १ सय ५८ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सुनारले ११ हजार ४ सय ६४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी नागरिक उन्मुक्ती पार्टीका चन्तराम थारुले ९ हजार ५ सय ४७ र नेकपा माओवादी केन्द्रका ईन्द्रप्रसाद खरेल (आईपी) ले १ हजार ९ सय ९५ मत प्राप्त गरेका छन् ।
ADVERTISEMENT