खजुरा(बाँके) वैशाख : बाँकेको खजुरा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार सुमन मल्लले अग्रतालाई निरन्तरता दिएकाछन् ।मङ्गलबार राती २ बजेसम्म प्राप्त अपडेट अनुसार एमालेबाट अध्यक्ष पदका उम्मेदवार मल्लले कुल ४ हजार ८३७ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेस–माओबादी गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओबादीका डम्बरबहादुर विक तुफान ४ हजार ३५ मत प्राप्त गरेकाछन् ।
यस्तै राप्रपाबाट खजुरा अध्यक्षका उम्मेदवार धनसिंह रानाले ५५६ मत पाएकाछन् ।यसैगरि खजुरा गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेकी ताजरुन निसाले अग्रता लिएकीछन् । ताजरुनले ४ हजार १३५ मत प्राप्त गरेकीछन् । भने उनलाई काँग्रेस–माओबादी गठबन्धनबाट उपाध्यक्ष पदकी उम्मेदवार नेपाली काँग्रेसकी मन्जु मल्लले पछ्याइरहेकी छन् । मल्लको ४ हजार ८ मत रहेकोछ । भने राप्रपाकी तिल कुमारी हमालले ६८९ मत प्राप्त गरेकीछन् ।