काठमाडौं महानगरपालिकाको जारी मतगणनामा उप मेयरतर्फ सुनिता डंगोलको पक्षमा जनलहर देखिएको छ । उनले मंगलबार मध्याह्न १२ बजेसम्मको मत परिणामअनुसार ९ हजार ८१५ मत पाएकी छन् । जुन मत सत्ता गठबन्धनका उम्मेदवारको भन्दा झण्डै ४ गुणा बढी हो । गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले मात्र २७८४ मत पाएका छन् ।

