त्रिभुवन विमानस्थल प्रमुखमा निरौला, तिवारीको भैरहवा सरुवा
zeenepal
२०८० चैत्र २१,
21
Shares
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा जगन्नाथ निरौला सरुवा भएका छन् ।यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणको कर्पोरेट निर्देशनालय प्रमुख रहेका निरौलालाई काठमाडौं विमानस्थल प्रमुखका रूपमा सरुवा गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
उनका अनुसार अहिले विमानस्थल प्रमुख रहेका प्रतापबाबु तिवारीको भने भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा सरुवा भएको छ ।अहिले भैरहवा विमानस्थल प्रमुख हंसराज पाण्डेको भने प्राधिकरण मुख्यालय सरुवा भएको छ । उनलाई अहिले निरौलाले हेरिरहेको कर्पोरेट विभाग प्रमुखका रूपमा सरुवा गरिएको हो ।